बाँके: जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका १७ थुकैला गाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६३ ग्राम ५३० मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, उत्तर प्रदेश बहराइच जिल्ला रुपैडिहा नईबस्ती बस्ने ४० वर्षीय मोहम्मद रिजवान रहेका छन।
लागूऔषध नियन्त्रण ब्युरो शाखा नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले थुकैला गाउँबाट गडियनपुरवा तर्फ आउँदै गरेको UP 40 Q 8921 नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा रिजवानको अण्डरवेयरभित्र लुकाइछिपाइ राखिएको उक्त ब्राउन सुगर फेला पारेको हो ।
पक्राउ परेका भारतीय नागरिक, लागूऔषध तथा मोटरसाइकलसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको जिल्ला प्रहरी कार्यालय बाकेका प्रमुख अङ्गुर जिसिले जानकारी दिनु भयो ।


0 comment