काठमाडौं - ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी ई- चलान प्रणालीको शुभारम्भ गरेको छ । महानगरभित्र जथाभावी पार्किङ गर्ने, जथाभावी फोहरमैला फाल्ने, बोटबिरुवाहरु भाच्ने लगाएतका काम गर्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन सक्ने गरि ई- चलान प्रणालीको शुभारम्भ गरेको हो ।
महानगरले बर्जित गरेका कामहरुको जरिवाना सहज रुपमा तत्कालै बुझाउन सक्ने गरी क्युआर कोड सहितको ई- चलान प्रणाली लागू गरिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।
महानगरलाई डिजिटल रुपमा सेवा मैत्री बनाउने उदेश्यका साथै इ चलानको अवधारणालाई अघि सारिएको उनको भनाइ छ । ई- चलान सुरु भएसँगै अब जरिवाना बुझाउनका लागि महानगरको कार्यालय नै आउने अवस्थाको अन्त्य भएको महानगर प्रमुख महर्जनले बताए ।


0 comment