काठमाडौ:लागु औषध नियन्त्रण ब्यूरोको टोलिले
फार्महाउसको आवरणमा लागु औषध ट्रामाडोलको कारोवार गर्दै आइरहेकालाइ १३ जनालाई ठूलो परिमाण लागु औषध सहित पक्राउ गरेको छ ।
फार्महाउस लगायत लागु औषध कारोवार हुन सक्ने उच्च जोखिमपूर्ण स्थानहरुको निग्रानी गर्ने क्रममा काठमाण्डौको टोखा र चन्द्रागिरीमा Farmhouse सञ्चालन गर्दै आएका व्यक्तिहरुले भारत तर्फबाट लागु नागु औषध खरिद गरी ल्याई आफ्नो फार्महाउस परिसरको जमिनमा खाडल भित्र लुकाई संञ्चय गरी राखी माग बमोजिम बजारमा बिक्री गर्दै आएका थिए।
जिल्ला नुवाकोट किस्पाङ गा.पा वडा न. २ ठेगाना भएका बर्ष २२ को निमा तामाङ
जिल्ला नुवाकोट किस्पाङ गा.पा वडा न. २ ठेगाना भएका बर्ष २३ को बिक्रम लामा
जिल्ला रुपन्देही, बुटवल उ.म.न.पा. वडा न. ७ ठेगाना भएका बर्ष २९ को सागर बुढाथोकी
जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा न. ४ ठेगाना भएका बर्ष ४५ को उद्धव श्रेष्ठ
जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा न.७ ठेगाना भएका बर्ष २७ को बिकास काफ्ले
जिल्ला सिन्धुली फिक्कल गा.पा. वडा न. ४ ठेगाना भएका बर्ष ३२ की माया विशखे
जिल्ला कालिकोट पलता गा.पा. वडा न. ३ ठेगाना भएका बर्ष २६ को खड्क रोकया
जिल्ला कालिकोट पलता गा.पा. वडा न. ३ ठेगाना भएका बर्ष २७ की कमला थामी
जिल्ला बाजुरा स्वामिकार्तिक खापर गा.पा. वडा न. १ ठेगाना भएका बर्ष २९ की मेनुका थामी , जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा. वडा न. ७ ठेगाना भएका बर्ष ३४ को प्रदिप भन्ने सञ्जय साह सोनार
जिल्ला पर्सा बहुदरमाई न.पा. वडा न. ९ ठेगाना भएका बर्ष ३६ को प्रमोद प्रसाद कलवार,
जिल्ला काठमाडौँ का.म.न.पा. वडा न. १६ ठेगाना भएका बर्ष ४० की मोनिका श्रेष्ठ ,जिल्ला काठमाडौँ का.म.न.पा. वडा न. ७ ठेगाना भएका बर्ष २९ की सुशिला महर्जन ।
पक्राउ परेकाहरुबाट प्रहरीले नियन्त्रित लागु औषध ट्रामाडोल २ लाख ९ हजार क्याप्सुल ,नियन्त्रित लागु औषध बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन २,४०० एम्पुल , नगद रू ७लाख ८७ हजार ५ सय बिभिन्न कम्पनीको मोवाईल थान २८ बराद गरेको छ।
पक्राउ प्रतिवादीहरु उपर यस कार्यालयबाट थप अनुसन्धान भई रहेको लागू औषध नियन्त्रण ब्युरोका प्रवक्ता दुर्गा राज रेग्मीले जानकारी दिनु भयो।


0 comment