काठमाडौं:जिल्ला काठमाडौं काठमाडौं महानगरपालिका ८ पशुपतिस्थित १५ नं. शिवालयमा हत्या गरी फरार रहेका एक जना महोत्तरीबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ५ घर भएका  दर्बेनाथ भन्ने सुविन रानामगर रहेका छन। रानामगर मिति २०८२ फागुन ६ गते काठमाडौं महानगरपालिका ८ पशुपतिस्थित १५ नं. शिवालयमा भएको हत्या अभियोगका फरार प्रतिबादी थिए।

प्रहरीले रानामगरलाइ संखुवासभा घर भएका सन्तोष गिरी भन्ने सन्तोष परियार मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका क्रममा  हत्यामा संलग्न   महोत्तरीको गौशाला नगरपालिका ६ बाट पक्राउ गरिएको हो ।  पक्राउ परेका रानामगरलाई काठमाडौं ल्याई थप अनुसन्धान भइरहेको छ जोला प्रहरी परिसर लाठमाडौका प्रबक्ता पवन कुमार भटटराइले जानकारी दिनु भयो ।