काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघन गरेको भन्दै कारबाहीको सिफारिस गरेको छ ।
जेन-जी घटनाको छानबिनसम्बन्धी प्रतिवेदनको संक्षिप्त अंश बुधबार सार्वजनिक गर्दै आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका उनीहरुलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान गर्दै कारबाहीको सिफारिस गरेको हो । आयोगले बुधबार सरकारलाई सिफारिस पठाउँदै प्रतिवेदनको केही अंश सार्वजनिक गरेको हो ।
आयोगले सिफारिस गरेका यस्ता विषयहरूको मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन भन्दै मानव अधिकार उल्लंघनका घटनामा कारबाही गर्ने कानुन बनाउँदा बढीमा ६ महिना कैद वा ३ लाखसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था राख्न पनि सिफारिस गरेको छ ।
भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगले सदस्य लिली थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।


0 comment