काठमाडौ:उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका युवतीहरू अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार १२ युवती र ग्राहकसँग सम्पर्क गराइदिने तथा विभिन्न स्थानसम्म पुर्‍याउने भूमिका खेलेका ४ पुरुष गरी १६ जनालाई पक्राउ गरिएको हो।

 प्रारम्भिक अनुसन्धानमा केही युवतीहरूले एक रातमै २० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको खुल्न आएको छ। ग्राहकको मागअनुसार काठमाडौं, नगरकोट तथा ककनीलगायत स्थानसम्म पुग्ने व्यवस्था मिलाइने गरेको प्रहरीको दाबी छ।

अनुसन्धानका क्रममा उनीहरूले मासिक रूपमा एक लाख रुपैयाँसम्म बचत गर्ने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये अधिकांशको साथबाट महँगा मोबाइल फोन, विशेषगरी आइफोन, समेत बरामद भएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Pic - Ai