काठमाडौ:प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको न्यूरोड स्थित सडक खण्डमा शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा जिल्ला सिन्धुपाल्चोक घर भइ जिल्ला भक्तपुर, लोकन्थली बस्ने वर्ष २६ को सविन तिमल्सिनालाई श्रोत नखुलेको रकम सहित पक्राउ गरेको छ।

 निजको साथबाट फेला परेको श्रोत नखुलेको रु.८ लाख ६१ हजार ५ सय रुपैयाँ नगद सहित नियन्त्रणमा लिई हुन्डी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन ४ (चार) को म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता  पवन कुमार भट्टराईले जानकारी दिनु भयो।