काठमाडौं - मधेस प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले ६ जना नयाँ मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूमा नेकपाबाट युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमालेबाट मोहम्मद समिर भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् भने शारदादेवी थापाले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

त्यसैगरी, लखनदास युवा तथा समाज कल्याण मन्त्री र मनोज सिंह शिक्षा तथा संस्कृति मन्त्री नियुक्त भएका छन् ।

यस्तै, नेपाली कांग्रेसबाट नगेन्द्र शाह स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । यसअघि उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका जंगीलाल रायलाई पदमुक्त गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच सहमति जुटेपछि मंगलबार साँझ नवनियुक्त  ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।