काठमाडौं - आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी शृंखलामा नेपाल २ रनले पराजित भएको छ । शृंखलामा नेपालको यो पहिलो पराजय हो ।

स्कटल्यान्डले जितका लागि ३२४ रनको लक्ष्य प्रस्तुत गरेकामा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर ३२१ मात्र बनाउन सक्यो ।

अन्तिम बलमा जितका लागि ३ रन चाहिएकामा ललित राजवंशी शून्य रन बनाएर बोल्ड हुन पुगे । यो खेल जितेको भए नेपालको नयाँ रेकर्ड बन्ने थियो । गत सोमबार नेपालले स्कटल्यान्डले नै प्रस्तुत गरेको २९७ रनको लक्ष्य पछ्याउँदै एकदिवसीयमा आफूले सबैभन्दा ठुलो लक्ष्य पछ्याएको रेकर्ड बनाएको थियो ।

नेपालले एकदिवसीयमा आफ्नो सबैभन्दा ठुलो स्कोरको रेकर्ड भने बनाएको छ । यसअघि टोलीले सन् २०२३ मा कीर्तिपुरमा ओमानविरुद्ध ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय १० रन बनाएको थियो ।

स्कटल्यान्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३२१ रन बनाउँदा अलआउट भयो । सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो ।