अहिले देश राजतन्त्र र गणतन्त्र गरी दुई ध्रुवमा विभाजित छ । राजतन्त्र भन्ने वित्तिकै हिन्दु अधिराज्य र प्रदेशको खारेजी भन्ने स्वत सिध्द छ । अनि हिन्दु गणतन्त्र भन्नेहरु पनि छन् जस्ले ध्रुवको आकार ग्रहण गर्न सकेको देखिदैन भने यही गणतन्त्रलाइ सुधारी देश सापेक्ष र देशले धान्न सक्ने वनाऔ भन्ने त मुठी भर पनि छैनन । तसर्थ यसलेखमा कस्तो राजतन्त्र आउने हो, त्यस्तो आउने कति संभावना छ त भन्ने वारेमा तथ्यपरक विश्लेषण गरिने प्रयास गरिएको छ । 
राजतन्त्र आउने विशेष गरी दुई बाटाहरु छन एक वैधानिक बाटो र अर्को अवैधानिक बाटो । वैधानिक बाटोवाट राजतन्त्र आउनको लागि यहि संविधान भित्र वसी दुइ तिहाइ मत ल्याएर चुनाव जिति संविधान संसोधन गरी राष्ट्रपतिको ब्यवस्था खारेज गरी सोको स्थानमा राजालाई पुनरस्थापन गर्नु हो जुन १६अ‍ै आना असंभव छ भन्ने कुरा हालै सम्पन्न विद्यार्थी यूनियनको चुनावले प्रष्टै भनिसक्यो । यता राजा चहानेहरु वीच जुंगाको लडाइको कारण उनीहरु एकै मोर्चामा आउन सक्तैनन भन्ने कुरा पनि घाम जतिकै छर्लंग छ । तसर्थ बैधानिक तवरबाट राजा आउने बाटो पटक्कै सहज छैन भन्दा हुन्छ ।

राजा आउन सक्ने अवैधानिक ४ वटा बाटाहरु छन् । पहिलो बाटो भनेको सामान्य सैनिक कू.. को बाटो हो । हिजो राजतन्त्रको हाली मुहाली हुदा राजाबाट दज्र्यानी चिन्ह प्राप्त गर्ने कमाण्डर इन चीफको स्तर गणतन्त्रमा रक्षा सचिवको मुन्तिर आएको छ । कमाण्डर इन चीफले सेनाको त्यो गौरवको दिन संझी कू... गर्न पर्ने हो । तर हालैको आन्दोलन ताका सेनाले जसरी संविधान प्रति प्रतिवध्दता जनाएको छ त्यसको विश्लेषण गर्ने हो भने सेनाले कू.. गर्ला र राजतन्त्र पुनरस्थापना होला भनेर सोच्ने ठाउ छैन । दोश्रो अवैधानिक बाटो भनेको सैनिक कू.... को वाध्यात्मक स्थितिको सिर्जना गर्नु हो । त्यो भनेको जसरि इराकमा १२ जना नेपाली काटिदा नेपाली जनता सडकमा ओर्लेर म्यानपावर कंपनीहरु ध्वस्त गरे, प्रहरीले स्थिति संम्हाल्नै सकेन त्यसै गरी न्यायप्रेमी राष्ट्रवादी जनताको भेल सडकमा निस्केर २०४७ पछिका राजनीतिक दलहरुका हेडक्वार्टर ध्वस्त गर्दै भ्रष्ट नेताहरुलाई जहाको तहि कत्तल गर्न शुरु गरे भने त्यतिखेर सेनाले कू.. गर्ने वाध्यात्मक परिस्थितिको सिर्जना हुन जान्छ र जनताको मतलाई कदर गर्दै सेनाले राजसंस्था पुनरस्थापन गर्न सक्छ । 

तेश्रो अवैधानिक बाटो भनेको दक्षिणी छिमेकीको हस्तक्षेपको बाटो हो जुन २००७, २०४६ र २०६३ मा नेपाली जनताले देखिसकेका छन । यदि राजा ज्ञानेन्द्रले गद्यी प्राप्त गर्ने लोभमा भारतलाई नेपालको रक्षा, परराष्ट्र र उर्जा सुम्पिन चाहे भने त्रिभुवनलाई जस्तै ज्ञानेन्द्रलाइ पनि भारतले सजिलै भुटानी मोडेलको हिन्दु सम्राट वनाइदिन सक्छ । भुटानमा पूर्वराजाले राजकीय सम्मान पाएको, भारतीय जनता पार्टी भारतलाईनै हिन्दु राज्य वनाउन अघिसरेको र अनि पूर्वराजाको उत्तर प्रदेशका मुख्यमंत्रि योगीसंगको घनिष्ठताको डिग्रि हेर्ने हो भने भुटानी मोडेलको राजतन्त्र पुनरस्थापना हुने संभावना पनि देखिन्छ । त्यो भनेको कालान्तरमा नेपाल अखण्ड भारतमा विलय हुने हो ।

चौथो अवैधानिक बाटो भनेको उत्तरी छिमेकीको संलग्नतामा हुने बाटो हो ।  जसरी २०१७ सालमा राजा महेन्द्रले पंचायत ब्यवस्था लागु गर्दा भारतले आर्थिक नाकाबन्दी गर्यो र चीन त्यस्को विपक्षमा उभिदा भारतले दवाव हाल्न सकेन र पंचायत ब्यवस्था टिक्यो, जसो गरी माओवादी आन्दोलनलाई भारतले मलजल गर्दा नेपालको राजतन्त्र ढल्यो त्यसै गरी दरवारले विशाल नेपाल मुक्तिसेना वनाउने तर्फ कदम चाली  चीन, उत्तर कोरिया, पाकिस्तान, वर्मा र इरानसंगको सहकार्यमा नेपाली भूमी ओगटेर वसेका भारतीय सुरक्षाबललाई लघारी विशाल नेपाल निर्माणको पक्षमा आफनो वुध्दि वल र धन खर्च गर्ने हो भने मात्रै नेपालमा राष्ट्रवादी राजसंस्थाको स्थापना भइ दिगो हुन सक्तछ । यसो गर्दा एकातिर हिन्द प्रशान्त रणनीति चकनाचुर हुनगै चीन ताइवान एकीकरण, उत्तर दक्षिण कोरिया एकिकरण भई भारत अरुणांचल प्रदेशमा ७  अनि खालिस्तान र कास्मिर २ गरी ९ टुक्रामा विभाजन हुन्छ र दक्षिण एसियामा विशाल नेपाल शक्तिशाली राष्ट्र वन्छ । अन्यथा राजाको पक्षमा आन्दोलन चर्केर गई अहिलेका देश द्रोहि भ्रष्ट दलहरुसंगै संझौता भएर राजसंस्था पुनरस्थापन भयो भने त्यस्ले कुनै निकाश दिंदैन किनकि त्यस्तो राजसंस्थाले न राष्ट्रघाती न भ्रष्टाचारी कसैलाई पनि कारवाही गर्न सक्तैन । देश अन्ततोगत्वा असफल राष्ट्र भई इतिहासको पानामा विलिन हुन सक्छ । तसर्थ राजसंस्था पुनरस्थापना गर्ने हो भने सहि बाटो रोजौं ।